साझेदारी वनभित्र लगाइएको गाँजा फडानी गरी नष्ट

राम मण्डल
311 पाठक संख्या

वीरगञ्ज : पर्सा प्रहरीले साझेदारी वन क्षेत्र भित्र लगाइएको गाँजा खेती नष्ट गरेको छ।

पछिल्लो समय पर्सामा फेरि प्रतिबन्धित गाँजा खेती बढदै गएको छ। अहिले पर्सामा खेतहरुमा साथै साझेदारी बन क्षेत्रमा पनि गाँजा खेती भएको पाइएको छ।

यहाँका स्थानीयहरुले प्रहरी प्रशासनको आँखा छल्नको लागि बन क्षेत्रभित्र खाली रहेको जग्गामा गाँजाको खेती गरेका छन्। सोही क्रममा प्रहरी र डिभिजन वन कार्यालयले अभियान चलाएर गाँजा खेती नष्ट गरिरहेको छ।

प्रहरीले साझेदारी वन क्षेत्रभित्र लगाईएको प्रतिबन्धित गाँजा खेती फडानी गरि नष्ट गरेको छ। सखुवा प्रसौनी गाउँपालिका– १ स्थित बडनिहार,कोइलाभार,विन्दवासिनी साझेदारी वन क्षेत्रमा १७ स्थानमा गरी पाँच बिगाहा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले फडानी गरि नष्ट गरेको हो।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले त्यहाँ लगाइएको करिब ३५ हजार गाँजाको बोट फडानी गरी नष्ट गरेको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।

यसैगरि पर्सागढी नगरपालिका वडा नम्बर १ गुलरिया र वडा नम्बर ३ झबराहामा १३ स्थानमा दुई बिगाहा क्षेत्रफलमा लगाईएको १५ हजार गाँजाको बोट ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोलीले फडानी गरि नष्ट गरेको छ।

पर्साको ग्रामीण क्षेत्रमा सामुदायिक वनसित सिमाना जोडिएका गाउँहरुमा स्थानीयले नै वन क्षेत्रभित्र अबैध रुपमा गाँजा खेती गर्ने गरेका छन्।

गाँजा खेती नेपालमा खोल्ने चर्चा चलेसँगै यस बर्ष पर्सामा खेतहरुसँगै वन क्षेत्रभित्र पनि मानिसहरुले लुकाएर गाँजाको खेती गरेका छन्।

Leave a review