वीरगञ्ज : वीरगञ्जमा भएको भेट्रान कप क्रिेकट प्रतियोगिता एनआई हिरोजले शनिबार जितेको छ।
चारवटा टिमहरु सहभागी भएको प्रतियोगिताको फाईनलमा एनआई मोरसरफ लेजर जाईन्टसलाई ३८ रनले हराउदै जित हासिल गरेको हो ।
१५ ओभरमा खेलाइएको प्रतियोगिताको फाईनलमा पहिले ब्याटिङ गर्दै एनआईले एक सय २८ रान बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको मोसरफ ९० रनमै अलआउट भएको थियो ।प्रतियोगिताका बेस्ट ब्याटसम्यान फारुक अन्सारी,बेस्ट बलर नरेन्द्र मेहता म्यान अफ द सिरिज सुबास खत्री भएका थिए ।
प्रतियोगितामा एनआई हिरोज ईलेक्ट्रामेच किँग,मोसरफ लेदर जाईन्टस र स्माईल डेन्टल टाईगरले भाग लिएका थिए ।


