विभिन्न कार्यक्रम सहित हेटौंडामा पनि सम्पन्न भयो कर सप्ताह

साझेदारी दैनिक
186 पाठक संख्या

हेटौडा : आन्तरिक राजस्व कार्यालय हेटौंडाले विभिन्न कार्यक्रमको आयोजना गरेर कर सप्ताह समापन सम्पन्न गरेको छ ।

“कर प्रणालीको सार,लगानीको आधार“ भन्ने मुल नाराका साथ राष्ट्रव्यापी रुपमा मनाइएको तेह्रौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह अन्तरगत आन्तरिक राजश्व कार्यालयले विभिन्न कार्यक्रम गरेको हो।

कार्यालयले सप्ताहको अन्तिम दिन शुक्रबार सम्मान एवं पुरस्कार वितरण कार्यक्रम संचालन गरेको छ । प्रमुख कर अधिकृत युक्त सुवेदीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी तीर्थराज सिलवालको विशेष उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा आन्तरिक कार्यालयको कार्यक्षेत्र अन्तर्गत रही मापदण्ड पूरा गर्दै सबैभन्दा बढी आयकर दाखिला गर्ने विभिन्न क्षेत्रका करदाताहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो। उत्कृष्ट कार्य सम्पादन गरे बापत कार्यालयका कर्मचारी राहुल प्रसाद जयसवाललाई सम्मान एवं पुरस्कार प्रदान गरिएको छ।

सबैभन्दा बढी आयकर दाखिला गर्ने करदातामा समग्र क्षेत्र तर्फ निक–लुम्बिनी विद्युत जे.भी.,उद्योग क्षेत्र तर्फ यति पेन्ट्स नेपाल प्रा.लि.,व्यापार क्षेत्र तर्फ न्यू ब्रदर हार्डवेयर,शैक्षिक क्षेत्र तर्फ हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस एजुकेशन प्रा.लि.,बैंक तथा वित्तीय संस्था तर्फ पालुङ्ग बहुद्देश्यीय सहकारी संस्था लिमिटेड,अन्तःशुल्क तर्फ गोरखा लाहारी प्रा.लि.का संचालक/प्रतिनिधिलाई सम्मान गरिएको छ ।

यस्तै मकवानपुर उद्योग बाणिज्य संघ,उद्योग संघ मकवानपुर र चेम्बर अफ कमर्श मकवानपुरलाई कर सहभागितामा पु-याएको योगदानको लागि सम्मान गरिएको थियो भने नेपाल रेडक्रस सोसाइटी,मकवानपुरलाई समेत सम्मान गरिएको थियो।

यसअघि कर सप्ताहको तेस्रो दिन आयोजना गरिएको खुल्ला निबन्ध प्रतियोगिताका बिजेता हेटौंडा स्कूल अफ म्यानेजमेन्टकी छात्रा प्रतिभा भट्टराई (प्रथम),सलिना धिताल (द्वितीय) र स्नेहा उप्रेती (तृतीय) लाई नगद पुरस्कार सहित पुरस्कृत गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रमको संचालन कर अधिकृत उद्धव अधिकारीले संचालन गर्नु भएको कर्मचारी राहुल जयसवालले साझेदारी दैनिकलाई जानकारी गराएका छन ।

Leave a review