बयानको लागि रास्वपा सभापति रबि लामिछानेलाई वीरगञ्ज ल्याइयो

राम मण्डल
271 पाठक संख्या

वीरगञ्ज : सहकारी संस्थामा भएको बचत रकम अपचलनको बारेमा बयानको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेलाई सोमबार वीरगञ्ज ल्याइएको छ ।

वीरगञ्ज स्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थामा रहेको रकम अपचलनको बारेमा अनुसन्धान र बयानको लागि प्रहरीले उनलाई वीरगञ्ज ल्याएको हो ।

रबीलाई हवाई मार्गदेखी काठमाडौंबाट जहाजमा बाराको सिमरा विमानस्थल हुदै वीरगञ्ज ल्याईएको हो । सिमराबाट लामिछानेलाई पर्सा प्रहरीले भ्यानमा राखेर त्यहाँ बाट जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको हो ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको आठ करोड भन्दा बढी रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा गएको थियोे । सो बारेमा अनुसन्धानको लागि पर्सा प्रहरीले अदालतसंग गत बुधबार पक्राउ पुर्जी मागेको थियोे ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछी लामिछानेलाई वीरगञ्ज ल्याइएको हो । उनलाई मंगलबारदेखि बयानका लागि अदालत उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता डिएसपी किशोर लम्सालले जानकारी दिएका छन ।

सानो पाइला सहकारीको रकम अपचलन बारेमा पनि बयानका छविलाल जोशी र रामबहादुर खनाललाई पनि पोखराबाट सोमबार बिहानै वीरगन्ज ल्याइएको उनले बताए ।जोशी र खनाल गोर्खा मिडियाका पूर्व सञ्चालक हुन ।

उनीहरूको बयानको लागि जहाँ जहाँ उपस्थित गराउनु पर्छ त्यहा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय,पर्साका प्रमुख एसपी कुमोध ढुंगेले बताए । लामिछानेसंग मंगलबारदेखि बयान सुरु हुने र ‘सरकारी वकिलको कार्यालयमा बयान लिनुपर्ने एसपी ढुंगेले बताएका छन।

Leave a review