थारु सास्कृतिक माघी महोत्सव २०८१ जितपुरसिमरा ४ औरहामा हुने

साझेदारी दैनिक
585 पाठक संख्या

कोल्हवी : धिरेन्द्र पनुहर/ थारु कल्याणकारीणी सभा जिल्ला कार्य समिति बाराको आयोजनामा प्रत्येक बर्ष हर्सो उलासको साथ मनाउने थारु सास्कृतिक माघी महोत्सव २०८१ यस वर्ष बाराको जितपुर सिमरा उप महानगरपालिका वाड न ४ औरहामा हुने भएको छ ।

मंगलबार कलैया स्थित थारु सेवा सदनको सभाहलमा बसेको बैठकबाट सो निर्णय गरेको हो ।

बैठकको निर्णय अनुसार यस वर्ष पौष २९ गते सोमबार र माघ १ गते मंगलबार दुई दिन महोत्सव हुने भएको छ ।

सो बैठकमा जिल्ला सभापति रामप्रसाद चौधरी,उपसभापति सुमिन्त्रा देवि थरुनी,उपसभापति लक्ष्मीकान्त प्यारेलाल चौधरी,कोषाध्यक्ष बासु प्रसाद चौधरी सचिव यादव कृष्ण चौधरी,सहसचिव राजकुमार चौधरी,केन्द्रिय सदस्य हृदयनारायण चौधरी,सदस्यहरु रामबाबु चौधरी,कृष्णबाबू चौधरी,रामकृपाल चौधरी,राधा चौधरी लगाएतको उपस्थिति रहेको थियो ।

थारु समुदायको सास्कृती झल्किने लगनी,बिरहनी,घाटो,समाचकेवा,थारु पुर्वी गित, थारु ठकरा डान्स,घैला डान्स लगाएत विभिन्न किसिमको झाकी प्रदर्शन यस महोत्सवमा प्रस्तुत गरिने छ ।

थारु समुदायमा रहेको बिकृति बिसङतीलाई उन्मुलन गर्न र थारु समुदायको कला सस्कृतीलाई जगेर्ना गर्ने उदेश्यले थारु सास्कृतिक माघी महोत्सव मनाउने गरेको जिल्ला सचिव यादव कृष्ण चौधरीले रेडियो पातालगङालाइ जानकारी दिनु भयो ।

Leave a review

This will close in 0 seconds