बाराको डुमरबानामा २४ घण्टे सुरक्षित प्रसुति सेवा सुरु भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ डुमरबानामा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा आईतबार देखि सो सेवा सुरु भएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले रिबन काटी सो सेवाको उद्घाटन गरेका हुन् ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले सुरक्षित प्रसुति सेवा लिन आग्रह गरे ।
थुप्रै आमा र बच्चाको ज्यान गइरहेकोले सवै आमाले सुरक्षित प्रसुति सेवा लिनुपर्ने उनको धारणा थियो ।सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा २४ घण्टे सुरक्षित प्रसुति सेवा सुरु भए पछि स्थानीयहरु खुशी भएका छन् ।
हरेक बुधबार गर्भवती महिलाहरुको निःशुल्क रुपमा भिडियो एक्सरे गरिने सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र डुमरबानाले जनाएको छ ।
उक्त कार्यक्रममा सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र डुमरवानाका स्वास्थ्यकर्मी र स्थानीयहरुको उपस्थिति रहेको थियो ।

