ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था कोल्हवीको भयो पाँचौ वार्षिक साधारण सभा

साझेदारी दैनिक
317 पाठक संख्या

कोल्हवी: धीरेन्द्र पनुहर / ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कोल्हवीको पाँचौ बार्षिक साधारण सभा एक कार्यक्रमको बिच सम्पन्न भएको छ।

बाराको कोल्हवी नगरपालिका वार्ड नम्बर १ मा रहेको सो संस्थाको साधारण सभा सोमबार सम्पन्न भएको हो।

कार्यक्रमका प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा बत्ती बालि साधारणसभाको उद्घाटन गरेका हुन्।

कार्यक्रमलाइ संबोधन गर्दै नगर प्रमुख चौधरीले यो सस्थाले आफ्नै जग्गामा काय्र्रक्रम गरेकोमा खुशी व्यक्त गरे। पाँच वर्षमा धेरै प्रगति गरेकोमा सबै संचालक समिति सदस्यहरुलाई उनले धन्यवाद समेत दिए। उनले ऋणको सदुपयोग गर्न सदस्यहरुलाई सुझाव दिए।

पूर्व गृह मंत्री सहकारी केसमा अनुसंधानको लागी थूना भित्र रहेको र केही ठाउका सहकारीहरुले आफ्ना सदस्यहरुको बचत समेत अपचलन गरेको उनले प्रसंग कोटयाए। कोल्हबी नगर भित्र रहेका सहकारी संचालकहरुलाई तेस्तो कदम नचाल्न उनले आग्रह गरे।

संस्थाकी प्रबन्धक रीता कुमारी चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गरिन्। कार्यक्रममा उत्कृष्ट बचत कर्ता,असल ऋणी,अनुशासित शेयर सदस्यहरुलाइ सम्मान गरिएको थियो।

उक्त अवसरमा भुवन चौधरी,वीरेन्द्र पनुहर,हितेंद्र चौधरी,रामचंद्र साफी,हरिहर चौधरी,कोल्हबी न पा १ का वडा अध्यक्ष राजहरण चौधरी,कोल्हबी न पा ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी लगाएतकाले संस्थाको प्रगतिको कामना गरेका थिए।

प्रबन्धक रीता कुमारी चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष ज्ञानेन्द्र चौधरीको थियो।

उक्त कार्यक्रममा कोल्हवी नगरपालिकाका उपप्रमुख लक्ष्मी कुमारी चौधरी,१ का वडा अध्यक्ष राजहरण चौधरी,३ का वडा अध्यक्ष किशुनदयल चौधरी,तामागढी साझेदारी बनका अध्यक्ष रबिन्द्र पनुहर,नेपाली कांग्रेस कोल्हबी नगर कमिटी सभापति वीरेन्द्र चौधरी,नेकपा माओवादी केन्द्र कोल्हबी नगर कार्य समिति अध्यक्ष रामचन्द्र साफी,नागरिक उन्मुक्ति पार्टीका नगर अध्यक्ष जयप्रकाश चौधरी,ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख प्रहरी निरीक्षक किसन बस्नेत,शान्ति बृद्धा फाउन्डेसन कोल्हबीका अध्यक्ष प्रेमनारायण चौधरी,तामागढी हस्पिटल प्रा लि कोल्हबीका संचालक बिवेक चौधरी,जितिया बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष भुवन चौधरी,समाजसेवी एवम् पूर्वक्षेत्रिय भलिवल खेलाड़ी अमृत जि आर,समाजसेवी रामप्रसाद प्रसाईं,प्रमोद साह,रामबालक जयसवाल,ज्ञानेन्द्र चौधरी,बिरेन्द्र पनुहर,हितेन्द्र चौधरी,श्री ने रा आ बि ककडीका प्र अ कल्याणी कुमारी चौधरी सस्थाका शेयर सदस्यहरु,बचतकर्ताहरुको उपस्थिति रहेको थियो।

संस्थाका अध्यक्ष अनिल कुमार ठाकुरको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वार्षिक प्रतिवेदन समेत उनले पेश गरेका थिए।

Leave a review

This will close in 0 seconds