सरकारको दोहोरो चरित्रका कारण वीरगञ्जको विकास ओझेलमा परेको पूर्व मन्त्री साहको आरोप

राम मण्डल
242 पाठक संख्या

वीरगञ्ज : सरकारको दोहोरो चरित्रका कारण वीरगञ्जको विकास ओझेलमा परेको आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले आरोप लगाएका छन्।

वीरगञ्जस्थित नारायणी रंगशालाको बिहीबार निरीक्षण गर्दै आजपा अध्यक्ष साहले यस्तो आरोप लगाएका हुन्। उनले केही चोर नेताहरुका कारण नारायणी रंगशाला जिर्ण भएको र विभेदको शिकार बनेको बताए।

उनले अब आफु चुप लागेर नबस्ने चेतावनी समेत दिए। केपी ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँ भर्खर वीरगञ्ज आउँनुभएको थियो। के उहाँको नजरमा यो नारायणी रंगशाला परेन ? भनी प्रश्न साहले गरेका छन्।

वीरगञ्जको विकासको बारेमा प्रश्न गर्दै आजपा अध्यक्ष साहले ‘यहाँ आएर लम्बालम्बा भाषण गर्ने तर वीरगञ्जको विकासको बारेमा केही नसोच्ने उनले जनाए। यस्ता नेताहरुले गर्दा वीरगञ्जको बिकाश हुन नसकेको उनको निष्कर्ष थियो।

वीरगञ्जबाट ट्रक आउँजाउँ गर्दा त्यस्को धुलोधुवा बीरगंजबासीले खानुपर्ने तर सरकारले विकास नै नगरेपछि कर किन तिर्ने भन्ने उनले प्रश्न गरे। त्यसबारेमा सोच्ने बेला भएको उनले बताए । वीरगञ्जबाट चारगुणा बढी टयाक्स लिने तर सोही परिणाममा यहाँको विकास किन नगरेको भन्ने बारेमा जनताले प्रश्न गर्नुपर्ने बेला आएको साहको भनाइ थियोे ।

साहले २१औं शताब्दीमा पनि वीरगंजसंग जुन अन्याय,अत्याचार,विभेद भईरहेको छ त्यसबारेमा चुप लागेर नबस्ने पनि उनले बताए। पर्साका नेताहरु दलालीमा उत्रेको र यस्ता योजनालाई छोडेको प्रति उनले आक्रोश व्यक्त गरे।

यस्ता योजनालाई पुरा गर्नका लागि योगदान गर्ने प्रतिबद्धता उनले व्यक्त गरे। मधेससंग विभेद,अत्याचार र सौताको व्यवहार सरकारले गरेको उनले आरोप लगाए। उनले वीरगञ्जको विकासका लागि आजपा हरेक किसिमको सहयोग गर्न तयार रहेको उनले बताए।

Leave a review