जीतपुरसिमरा ३ वडा अध्यक्ष कार्की घुस लिएको आरोपमा विशेषद्वारा दोषि ठहर

रञ्जन यादव
646 पाठक संख्या

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ का वडा अध्यक्ष ताराबहादुर कार्कीलाई बिशेष अदालतले दोषि ठहर गरेको छ ।

गत बैशाख २७ गते बिहिबारको फैसलाले वडा अध्यक्ष कार्कीलाई दोषि ठहर गरेको हो । सेवाग्राहीसँग घुस लिएको आरोपमा बिशेष अदालतमा २०८० साल माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको थियो ।

विशेष अदालतले दोषि ठहर गर्दा वडा अध्यक्ष कार्की निर्णय बदरको माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिबादी बनाई पुनराबेदनकोलागि फागुन ३ गते मुद्दा दर्ता गराएका थिए ।

ईजलास नं.१ का अध्यक्ष न्यायाधीस टेक नारायण कुँवर र सदस्य न्यायाधीश तेज नारायण सिँह राईको फैसलाले पहिलाको निर्णयलाई नै सदर गरेको थियो ।

पुष २ गते हेटौडास्थित अख्तियारको टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष तारा बहादुर कार्कीलाई पाँच लाख घुस रकम सहित पक्राउ गरेको थियो ।

नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित कार्कीलाई जितपुर स्थित जयसवाल होटलबाट घुस रकम सहित पक्राउ गरिएको थियो ।वडाध्यक्ष कार्कीले पल्टीङ्ग जग्गाको बाटो सिफारिसका लागि सेवाग्राहीसँग घुस रकम लिई रहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । कार्की नेकपा एमालेका मधेश प्रदेश कमिटी सदस्य हुन ।

Leave a review

This will close in 0 seconds