कलैया : सशस्त्र प्रहरी स्थापना दिवसको पूर्व सन्ध्यामा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ गण पिलुवाले झोला र न्यानो कपडा वितरण गरेको छ ।
सशस्त्र प्रहरीको २४ औं स्थापना दिवसको पूर्व सन्ध्यामा उसले ति सामाग्री वितरण गरेको हो। बाराको जीतपुर सिमरा उपमहानगरपालिका १६ स्वाभिमाबस्ती(कतर्वा) श्री नेपाल राष्ट्रिय आधारभुत बिधालयमा सशस्त्र प्रहरी बल नेपाल न ४० रिजर्भ गण पिलुवाले ब्याग,टोपी,गलवन्दी तथा शैक्षिक सामग्री वितरण गरेको हो ।
सशस्त्र प्रहरी बल ४० न गण पिलुवाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन क्षेत्रीको प्रमुख आतिथ्यता तथा अग्रसरतामा सो काम भएको हो।
सशस्त्र प्रहरीले विद्यालयमा अध्ययनरत ८६ बिधार्थीहरूलाई झोला(ब्याग) टोपी र मफलर वितरण गरिएको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष गंगाप्रसाद मैनालीले साझेदारी दैनिकलाई जानकारी दिए।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मैनालीको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो। सो कार्यक्रममा जीतपुर सिमरा १६ का वडा अध्यक्ष हरिदेव खरेल,डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी,जलेश्वर टोल सुधार समितिका अध्यक्ष पाण्डु सापकोटा,समाजसेवी दुर्गाप्रसाद शिवाकोटी,विद्यालय व्यवस्थापन समितिका सम्पूर्ण सदस्यहरू लगायत वडाका सामाजिक,शैक्षिक ब्याक्तित्वहरुको उपस्थिति रहेको थियोे ।
सो कार्यक्रमको संचालन विद्यालयका प्रधानाध्यापक उदयराज मैनालीले गरेका थिए ।

