महाकुम्भबाट भाइरल बनेकी मोनालिसा रौतहटको मधानी महोत्सवमा सहभागी

साझेदारी दैनिक
1.1k पाठक संख्या

रौतहट । भारतमा जारी महाकुम्भ मेलाबाट भाइरल बनेकी मोनालिसा रौतहटको मौलापुर नगरपालिका पतौराधामस्थित शिवमन्दिरमा आयोजित मधानी महोत्सवमा सहभागी भएकी छन् ।

महाकुम्भ मेलामा माला बेच्दै गरेकी मोनालिसा सामाजिक सञ्जालमा भाइरल बनेपछि केहि दिनमै उनी इन्टरनेट सुपरस्टार बनेकी थिइन् । उनी हाल बलिवुड फिल्ममा समेत काम गर्दैछिन । 

परौराधाम मोनालिसासहित भोजपुरी सिने जगतका लेखक,निर्माता तथा पूर्वमन्त्री बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डेसहित उपस्थित भएर शिवमन्दिरमा दर्शन गरेका छन् ।

कलाकारहरुले आज आयोजना भएको मधानी विशेष सांस्कृतिक कार्यक्रममा आफ्नो कलाको प्रदर्शन गरेका थिए ।

पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्नका लागि प्रत्येक बर्ष मधानी महायज्ञ मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको छ ।

न्युजकारखाना

Leave a review