गरुडा : करण कुमार मिश्र/ नक्कली पेस्तोल देखाई ठगी गर्ने एक जना भारतीय नागरिकलाई रौतहट प्रहरीले पक्राउ परेको छ ।
यसरी पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला ग्राम पञ्चायत खरोही–४ बस्ने २० वर्षीय अब्दुल कलाम रहेको प्रहरीले जनाएको छ ।
रौतहट इशनाथ नगरपालिका–४ मठियास्थित सिमावर्ती क्षेत्रमा हिँड्डुल गर्ने व्यक्तिहरुलाई नक्कली पेस्तोल (खेलौना) देखाई पैसा असुल्ने गरेको सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएको जनाए।
जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सुचना अधिकारी तथा प्रहरी निरीक्षक राम कुमार महतोले दिएको जानकारी अनुसार प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको रौतहट प्रहरीले जनाएको छ ।
अहिले चोरी तथा ठगी गर्ने व्यक्तिहरुको सक्रियता बढिरहेकोले सर्वसाधारण व्यक्तिहरुलाई सचेत भई बस्नको लागि जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ ।

