कलैया : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बारा निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका फरमुल्लाह मंसुरले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्।
आज उनले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत कलैया उपमहानगरपालिका-१ कलैया बजारमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्। घरदैलोका क्रममा उनले शिक्षा, स्वास्थ्य, कृषि लगायतका स्थानीय समस्याबारे छलफल गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरेका छन् ।
मंसुरले विकास, समृद्धि र सुशासनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै पार्टीको ‘रुख’ चुनाव चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्। उनको सचिवालयका अनुसार बुधबार (भोलि) कलैया उपमहानगरपालिका-१० मटिअर्वा टोलमा घरदैलो कार्यक्रम तय गरिएको छ।
उक्त कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्ला उपसभापति मनोज भट्ट, सहसचिव राजेश रौनियार, रामानन्द यादव, समानुपातिक उम्मेदवार प्रियंका दास, राजेन्द्र जयसवाल, राजेश सिंह, बबिता जयसवाल, हरिओम साह, प्रविन सिंहलगायत नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

