एसपी घिमिरेको सक्रियताले रौतहटमा अपराधीक क्रियाकलापमा कमी, तिन सय भन्दा बढी फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
293 पाठक संख्या

रौतहट । ओम प्रकाश यादव/रौतहट प्रहरीले पछिल्लो साढे छ महिनामा तिन सय भन्दा बढी फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत गौरबाट दण्ड सजाय तोकिएर लामोसमयदेखी फरार रहेका अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गर्ने अभियान नै सञ्चालन गरेको छ ।

अदालतबाट दण्ड सजाय तोकिएर अधिकांश प्रतिवादीहरु लामोसमय सम्म पनि प्रहरीको सम्पर्कमा नआएर लुकीछिपी बस्दै फरार रहँदै आएका कारण रौतहटका प्रहरी उपरीक्षक दिलीप घिमिरेले जिल्ला प्रहरी कार्यालय गौर तथा मातहतका सम्पूर्ण प्रहरी कार्यालयहरुलाई फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान नै सञ्चालन गर्न निर्देशन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी घिमिरेको ठाडो निर्देशनमा प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत गएको साढे ६ महिनामा ३ सय ४६ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएका छन ।

साउन,भदौ,असोज,कार्तिक,मंसिर,पुस र माघ महिनाको १५ गतेसम्मको अवधीमा विभिन्न मुद्दामा फरार उनिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गौरमा उपस्थित गराइएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को सोही अवधीको भन्दा आर्थिक वर्ष २०८१”०८२ मा ८१ जना बढी प्रतिवादीलाई पक्राउ गरी कार्यवाहीको दायरामा ल्याइएको एसपी घिमिरे बताए ।

गत आर्थिक वर्षको साढे ६ महिनामा ३ सय ९ अभियुक्तलाई पक्राउ गरिएकोमा चालु आर्थिक वर्षको साढे ६ महिनामा ३ सय ४६ जना फरार अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रौतहट प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत अहिले धमाधम फरार प्रतिवादीहरु पक्राउ परिरहेका छन् ।

गएको माघ १५ गते रौतहट प्रहरीले एकैदिनमा १८ जना प्रतिवादीलाई पक्राउ गरेको थियो । प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईहरूबाट खटिएको प्रहरी टोलीले मंगलवार जिल्लाको छुट्टाछुट्टै स्थानबाट एकैदिनमा १८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको थियो ।

हातहतियार तथा खरखजाना,कुटपिट तथा गाली बेइज्जती,चोरी, सवारी ज्यान सम्बन्धी कसुर,ज्यान मार्ने उद्योग,कुटपिट,बिगो,किर्ते जालसाजी लगाएत मुद्दाका प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैविच जिल्ला प्रहरी कार्यालय रौतहटको प्रमुखको रुपमा एसपी दिलीप घिमिरे आएदेखी नै जिल्लाको शान्ति सुरक्षा सुदृढ भइ अपराधिक क्रियाकलापमा कमी आउन थालेको छ ।

एसपी घिमिरेको निर्देशनमा प्रहरीले अपराधिमाथी कडा रुपमा प्रस्तुत भएको,भारतसंगको सिमा क्षेत्रमा चेकजाँच कडाइ गरेको तथा जिल्लाको समग्र सुरक्षा व्यवस्था कडा पारेपछि पछिल्लो समय जिल्लामा चोरी,डकैती,लुटपाट,हत्या,हिंसा,बलात्कार,जघन्य अपराध लगाएतका अपराधीक क्रियाकलपमा कमी आएको देखिएको छ ।

Leave a review

This will close in 0 seconds