देश र संविधानको रक्षाका निमित कलैयामा पत्रकारको मौन प्रदर्शन

राजेश कुशवाहा
302 पाठक संख्या

कलैया : बारामा संचारकर्मीहरुले देश र संविधानको रक्षाका निमित कलैयामा शुक्रबार सांझ मौन प्रदर्शन गरेका छन ।

आफनो केन्द्रिय कार्यक्रम अनुसार नेपाल पत्रकार महासंघ बाराको आयोजनामा कलैयाको भरत चोकमा उक्त प्रदर्शन गरिएको हो । महासंघ बाराका उपाध्यक्ष पन्नालाल दासको अगुवाईमा गरिएको थियो ।

मौन प्रदर्शनमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, नेपाल पत्रकार महासंघ बाराका पुर्व उपाध्यक्षद्वय राकेश पाण्डेय, रामबाबु मेहता, नेपाल प्रेस युनियन मधेश प्रदेशका अध्यक्ष सत्यप्रकाश श्रेष्ठ, बारा नागरिक समाजका अध्यक्ष उमेशलाल दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य द्वय बृजमोहन कुशवाहा, साजिर मंसुर , नेपाल प्रेस युनियन बाराका जिल्ला सचिव राजेश कुशवाहा, युनियन बाराका कोषाध्यक्ष अरुण साह, पत्रकार संजय तिवारी लगयातका सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds