पर्सा प्रहरीद्वारा तीस जना फरार प्रतिवादी पक्राउ

राम मण्डल
219 पाठक संख्या

वीरगञ्ज : प्रहरी उपरीक्षक गौतम मिश्र जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखमा आगमनसंगै फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन्।

मिश्रले कार्यालय प्रमुखमा पदभार सम्हालेसंगै विभिन्न अपराधमा सजाय पाएर फरार रहि आएका प्रतिबादीहरुलाइ प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ।

पर्सा प्रहरीले तीन दिनमा ३० जना फरार प्रतिबादीहरुलाइ पक्राउ गरेको छ ।प्रहरीले अदालतबाट सजाय जरिवाना पाएर फरार रहदै आएका ती प्रतिवादीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी र मातहतका निकायबाट खटिएको टोलिले उनीहरुलाई पक्राउ गरेको हो।

शनिबार देखि सोमबारसम्ममा तीस जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले साझेदारी दैनिकलाई जानकारी दिए।

प्रहरीले विभिन्न स्थानबाट तस्करी गरी ल्याइएका सर सामानहरु समेत बरामद गरी आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

Leave a review