गरुडाका मेयर जयसवाल द्वारा निर्माणाधीन पालिका भवन कार्यालयको अनुगमन

साझेदारी दैनिक
240 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव /निर्माण हुँदै गरेको गरुडा नगरपालिका कार्यालय भवनको रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवालले अनुगमन निरीक्षण गरेका छन्।

गरुडा स्थित पशु बजारमा नगरपालिका कार्यालय भवनको निर्माण भइरहेको हो। मेयर जयसवालले बिहीबार विहान अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा मेयर जयसवालले निर्माणको प्रगति, गुणस्तर, र समय सीमाबारे जानकारी लिए। उनले सम्बन्धित निर्माण कम्पनीलाई समयमै निर्माण कार्य सक्न निर्देशन दिए।

आउँदो अषाढमा नगरपालिका भवनको उद्घाटन गर्ने लक्ष्यका साथ तीब्र गतिमा सो भवन निर्माण भइरहेको छ। भवनमा कुनै प्रकारको लापरवाही नगरी गुणस्तरीय र ठोस काम गर्न मेयर जयसवालले निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।

निर्माण कम्पनीले कुनै प्रकारको लापरवाही नगरोस् भन्ने उद्देश्यले आफु बेला बेलामा आफैं उपस्थित भएर काम गराउने गरेको उनले बताए। अनुगमनले निर्माण कार्यलाई थप गति दिने विश्वास गरिएको छ।

१५ करोडको लागतमा नगरपालिकाको तीन तल्ले भवन निर्माण हुने भएको हो। पहिलो चरणमा एक तल्ला भवन आउँदो अषाढ महिनामा निर्माण भइसक्ने र अषाढमा एक तल्ले नव निर्मित भवनको उद्घाटन गरी आफ्नै भवनबाट सेवा प्रवाह गर्ने लक्ष्य राखिएको जयसवालले बताए।

गरुडा नगरपालिकाले आफ्नो प्रशासनिक भवन नहुँदा स्थापना भएदेखि नै नगपालिकाको कार्यालय भाडाको घरमा सञ्चालन गर्दै आएको छ।

Leave a review