कुटपिटबाट मण्डलको मृत्यु,अनुसन्धानको लागि नौ जना पक्राउ

साझेदारी दैनिक
608 पाठक संख्या

कलैया । कुटपिटबाट बाराको कलैयामा एक जनाको शुक्रबार मृत्यु भएको छ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

कलैया उपमहानगरपालिका वडा नम्बर १ बैंक रोडमा रहेको नव जन्म पुर्नस्थापना केन्द्रमा मण्डल १५ दिन देखि भर्ना रहेका थिए।

मण्डल र त्यहाँ रहेका मानिसविच वादविवाद हुदा सो विवाद कुटपिटमा परिणत भएको थियो।

त्यसपछि घाइते भएका मण्डललाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको र अस्पतालमा चिकित्सकले मण्डललाई मृत घोषणा गरेको हो।

सो पुनस्थापना केन्द्र बारा कलैया उपमहानगरपालिका वडा नं ३ भवानिपुर बस्ने २२वर्षीय साहेब बाबु मन्सुरले सञ्चालन गरेका हुन्।

प्रहरीले घटनाको अनुसन्धानको क्रममा नौ जनालाई पक्राउ गरेको छ।

प्रहरीले कलैया ३ का १९ वर्षीय सर्फराज मन्सुरी,कलैया ४ का २२ वर्षीय निरज सरार्फ,कलैया ६ का २० वर्षीय राहुल भन्ने महम्मद आशु मिँया शेखलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यस्तै कलैया १ का २४ वर्षीय अरुण सरार्फ,कलैया ३ का २२ वर्षीय साहिल अलीलाई समेत सो घटनामा अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ।

कलैया वडा नम्बर २ का २१ वर्षीय प्रमेश्वर साह,कलैया वडा नम्बर का सुरज शेख,कलैया ३ का २९ वर्षीय तमन्ना अली,कलैया १ का १९ वर्षीय सागर गुप्तालाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराको एक श्रोतले जानकारी दिएको छ।

Leave a review