ट्राफिक अभियान अन्र्तगत एक सप्ताहमा साढे चौध लाख राजश्व संकलन

साझेदारी दैनिक
298 पाठक संख्या

ट्राफिक अभियान अन्र्तगत जिल्ला प्रहरी कार्यालय बाराले १४ लाख ४९ हजार चार सय रुपैयाँ राजश्व संकलन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन् ।

भिगोरियस र नियमित जाँचको आधारमा एक हजार छ सय ११ सवारी साधनलाई कारवाही गरिएको हो ।बैशाख छ देखि १२ गते सम्म ३० सवारी दुर्घटनामा ४० जना घाइते भएको र एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको हो ।

भिगोरियस जाँच शुरु भए पश्चात बैशाख १३ गते देखि १९ गतेसम्म १५ सवारी दुर्घटनामा २२ जना घाइते भएको र कसको ज्यान नगएको खुलेको छ ।

Leave a review

This will close in 0 seconds