प्रादेशिक अस्पताल कलैयामा गरियो सरसफाइ

साझेदारी दैनिक
453 पाठक संख्या

कलैया : बाराको सदरमुकाम कलैया वडा नम्बर ६ स्थित प्रादेशिक अस्पताल कलैयामा बुधबार सरसफाइ गरिएकोे छ।

अस्पतालका कर्मचारी र कलैया उपमहानगरपालिकाको संयुक्त आयोजना ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर प्रादेशिक अस्पतालमा सरसफाइ अभियान कार्यक्रम गरिएको हो।
दिवसको अवसरमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले अस्पताल परिसर सरसफाइ गरेका हुन्।

“आउनुहोस सफा र स्वस्थ्य अस्पताल बनाऔं“ भन्ने मूल नाराका साथ सरसफाइ गरिएको हो ।

सो कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाई,कलैया उपमहानगरपालिका का नगर सभा सदस्य एवम् वार्ड नम्बर १ का वडा सदस्य शशी दास,इमर्जेन्सी वार्डका पूर्व इन्चार्ज प्रदिप यादव,सन्तोष कुशवहा,सम्भु यादव लगायत अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको थियोे।

Leave a review

This will close in 0 seconds