बाराको निजगढ क्षेत्रमा लगाईएको अवैध लागु औषध गाँजा खेती फँडानी

साझेदारी दैनिक
291 पाठक संख्या

बाराको निजगढ क्षेत्रमा करिब १६ कट्ठामा लगाईएको गाँजा खेती फँडानी भएको छ ।

नेपाल सरकारद्वारा प्रतिबन्धित गाँजा खेती प्रहरीले कारवाहीको सिलशिलामा नष्ट गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बारा अनुसार निजगढ नगरपालिका वडा नं.१२ मा लगाईएकोे गाँजा खेती ईलाका प्रहरी कार्यालय निजगढले नष्ट गरेको हो ।

प्रहरी टोलीले १६ कट्टा खेतमा अवैध रूपमा लगाईएको २० हजार गाँजाको बोट नष्ट गरेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने प्रबक्ता न्यौपानेले बताएका छन ।

निजगढ नगरपालिकाकै लाल रतनपुर क्षेत्रमा हरेक बर्ष अवैध गाँजा खेती हुने गरेको छ । गाँजा खेती गरिएको सूचना पाएपछि प्रहरीले गाँजाका विरुवाहरुलाई फडानी गरेर नष्ट गर्ने गरेको छ ।

हरेक बर्ष सो क्षेत्रमा कानुनले नै प्रतिबन्ध गरेको गाँजा खेती हुने गरेको र प्रहरीले पनि हरेक बर्ष केही मात्रमा भएपनि गाँजा खेतीलाई नष्ट गर्ने गरेको पनि छ । तर प्रहरीले गाँजा खेती नष्ट गरेपनि खेती लगाउने मानिसहरु भने पक्रउ पर्ने सकेका छैनन् ।

Leave a review