सिमरा खानेपानीको मतदान मंसिर ६ गते, तालिका सार्वजनिक

रञ्जन यादव
241 पाठक संख्या

जितपुर : बाराको सिमरास्थित सिमरा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन मिति तय गरिएको छ।

बुधबार दिउँसो सिमरा खानेपानी कार्यालयमा पत्रकार सम्मेलन गर्दै निर्वाचन समितिले आगामी मंसिर ६ गते मतदान हुने गरी सम्पूर्ण तालिका सार्वजनिक गरेको हो ।

निर्वाचन कार्यक्रमअनुसार कार्तिक २० गतेदेखि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ। सोही दिन अपरान्ह ४ बजे मतदाताको प्रारम्भिक नामावली सार्वजनिक गरिने निर्वाचन समितीले जनाएको छ । समितिले कार्तिक २२ गतेसम्म दाबी–विरोध पेश गर्न सकिने र कार्तिक २३ गते अन्तिम नामावली प्रकाशित गर्नेछ। त्यसपछि कार्तिक २५ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म ११ सदस्यीय कार्यसमितिका लागि मनोनयन दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

दर्ता भएका उम्मेदवारीको छानबिनपछि समितिले कार्तिक २९ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ र सोही दिन चुनाव चिन्ह पनि प्रदान गरिने निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत शालिकराम अधिकारीले जानकारी दिए । कार्तिक ३० गते नमूना मतपत्र सार्वजनिक गरेसँगै प्रचार–प्रसारको अवधि सुरु हुनेछ, जुन मंसिर ४ गते राति १२ बजेसम्म रहनेछ।

त्यसपछि मौन अवधि सुरु हुने र मंसिर ६ गते मतदान सम्पन्न गरिने कार्यक्रम रहेको समितिले जनाएको छ। निर्वाचनलाई मर्यादित ,ब्यवस्थित र कानुनसंबत तरिकाले सम्पन्न गराउँन शालिकराम अधिकारीको संयोजकत्वमा ५ सदस्सीय समिति निर्माण गरिएको छ । जसमा निर्वाचन अधिकृत गंगा प्रसाद मैनाली र अम्बिका घिमिरे रहेका छन् । त्यस्तै सदस्यहरुमा नवराज न्यौपाने र शरदचन्द्र भट्टराई रहेका छन् ।

Leave a review

This will close in 0 seconds