कलैया । टिपरको ठक्करबाट मृत्यु भएका शिवपूजन पटेल दुर्घटनाको सूचना बारा प्रहरीले लुकाउदै छ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्दा यस घटनाबारे प्रहरीले बताउन नचाहेकोले घटनाको सूचना लुकाउने प्रयत्न भएको देखिएको छ ।
फागुन १४ गते बुधबार बेलुका ६ः३० बजेको बिचमा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर २ ईनर्वास्थित तेलकुवाँबाट ईनर्वातर्फ जादै गरेको ना.७ ख.२९६६ नम्बरको टिपरले एक मोटरसाइकललाई ठक्कर दिएको थियो।
महागढीमाई नगरपालिकाको केन्द्र बरियारपुरबाट तेलकुवाँतर्फ आउँदै गरेको बि.आर ०१ एफ.के ९६४० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक युवककको दुर्घटना स्थलमै मृत्यु भएको थियोे।
मृत्यु हुनेमा मोटरसाइकल चालक बाराको महागढीमाई नगरपालिका वडा नम्बर ९ पिपरा बस्ने अन्दाजी २५ वर्षीय शिवपुजन पटेल रहेको श्रोतले जानकारी दिएको छ।
गम्भीर घाईते भएका सोही मोटरसाइकलमा पछाडि सवार जिल्ला रौतहट बृन्दावन गाउँपालिका विश्रामपुर बस्ने अन्दाजी २५ वर्षीय सैनिक पटेलको बयोधा अस्पताल वीरगंज पर्सामा उपचार भईरहेको छ।
पक्राउ पर्नेमा टिपर चालक बाराको आदर्शकोतवाल गाउँपालिकास्थित बस्ने राकेशकुमार साह रहेको श्रोतले जनाएको छ।
उक्त टिपरसहित चालक साहलाई नियन्त्रणमा लिई सवारी ज्यान सम्बन्धी मुद्दा दर्ता गरि बारा जिल्ला अदालत कलैयाबाट ७ दिन म्याद थप गरि थप अनुसन्धान कार्य भई रहेको छ।
यता यस विषयमा बुझन खोज्दा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङलाई ९८५५००५५५५ मा सम्पर्क गर्दा उनको कल रिसिभ भएन ।


