शनिवारदेखी दोस्रो संस्करणको वीरगञ्ज गोल्डकप शुरु,विजेता टिमले पाउने नगद रु ११ लाख ११ हजार १११ रुपैयाँ

साझेदारी दैनिक
623 पाठक संख्या

वीरगञ्ज : पर्साको वीरगञ्जमा शनिवारदेखी दोस्रो संस्करणको वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिता भेट्रान सिटी क्लब वीरगञ्जले आयोजना गरेको हो । आदर्शनगर रङ्गशालामा शनिवार भएको उद्घाटन खेलमा आयोजकका तर्फबाट खेलेको वीरगञ्ज युनाइटेडको विजयी सुरुआत भएको छ ।

वीरगञ्ज युनाइटेडले गरवाल डाइमण्ड फुटबल क्लब दिल्लीलाई १–० गोल अन्तरले पराजित गर्दै जीत हात पार्न सफलल भएको हो ।

खेलको पहिलो हाफ गोलरहित रहे पनि खेलको ५२औँ मिनेटमा गरवाल डाइमण्डका खेलाडी सन्दीप रानाले आफ्नै गोल पोस्टमा गरेको आत्मघाती गोल वीरगञ्ज युनाइटेडका लागि निर्णायक बन्यो ।

डाइमण्डले खेलमा फर्किन हरसम्भव प्रयास गरेपनि अन्तिम समयसम्म गोल फर्काउन नसक्दा पराजय बेहोर्नु प-यो। शनिवारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका वीरगञ्ज युनाइटेडका विपिन मगर ‘प्लेयर अफ दि म्याच’ घोषित भएका थिए ।

प्रतियोगिताको दोस्रो खेल आइतबार सहलेश फुटबल क्लब सिराहा र सङ्कटा फुटबल क्लब काठमाडौँवी प्रतिस्पर्दा गर्ने आयोजक क्लबले जानकारी गराएको छ ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ११ लाख ११ हजार १११ रुपैयाँ,र उपविजेता टिमले ५ लाख ५५ हजार ५५५ रुपैयाँ,प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सङ्कटा फुटबल क्लब,मच्छिन्द्र फुटबल क्लब,बागमती यूथ क्लब सर्लाही,नेपाल पुलिस क्लब,एपिआई चर्च ब्वाइज युनाइटेड काठमाडौँ,सलहेश फुटबल क्लब सिराहा र आयोजक वीरगञ्ज युनाइटेड क्लब गरी राष्ट्रिय स्तरका आठ उत्कृष्ट टिम सहभागी हुने आयोजकले जनाएको छ ।

Leave a review

This will close in 0 seconds