स्वास्थ्य शिविर सञ्चालन पुर्व अनुमती लिनुपर्ने

रञ्जन यादव
458 पाठक संख्या

जीतपुर : जीतपुरसिमरा उपमहानगरपालिका वडा नंम्बर १८ मा निशुल्क वा सशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न पुर्ब सम्बन्धित निकायसँग अनुमती लिएर सञ्चालन गर्न अनुरोध गरेको छ ।

स्वास्थ्य सेवासँग सम्बन्धित कार्य गर्दा कानुनी प्रावधानको पालना गर्न वडा कार्यालयले अनुरोध गरेको हो । यस्तो कार्य गर्दा अत्यन्त संवेदनशील र जिम्मेवारीपूर्ण हुने भएकाले यसलाई प्रभावकारी रूपमा सञ्चालन गर्न वडा कार्यालयले सूचना जारी गरि भनेको छ ।

स्वास्थ्य क्षेत्रमा अनधिकृतरूपमा सञ्चालन भइरहेका यस्ता शिविरहरुले नागरिकहरूको स्वास्थ्यमा गम्भीर जोखिम पु¥याउने सम्भावना भएकाले यसप्रति वडा कार्यालयको ध्यान गएको वडा अध्यक्ष चतुरबाबु वाग्लेले जारी गर्नुभएको सूचनामा उल्लेख गरिएको छ ।

वडा कार्यालयले स्पष्ट रूपमा सूचित गरेको छ कि कुनै पनि संस्था वा व्यक्तिले स्वास्थ्य क्लिनिक वा शिविर सञ्चालन गर्नुपूर्व सम्बन्धित निकायबाट अनुमति लिनैपर्ने जनाईएको छ। यदि अनुमति बिना स्वास्थ्य शिबिर कुनै पनि संस्थाले सञ्चालन गरेको पाइएमा कानुनी कारबाही गरिने सूचनामार्फत चेतावनी दिइएको छ ।

Leave a review