कलैयाको गुप्ता मोटर्सका संचालक गुप्ता सम्मानित

संदिप प्रसाद यादव
655 पाठक संख्या

कलैया : बाराको कलैयामा रहेको गुप्ता ब्रोदर अटो ट्रेडका संचालक रितेश गुप्ता सम्मानित भएका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको गुप्ता मोटर्सका संचालक गुप्तालाई हंसराज हुलास चन्द एण्ड कम्पनी गोल्छा ग्रोपका डाइरेक्टर शेखर गोल्छा र म्यानेजिङ्ग डाइरेक्टर अभिमन्यु गोल्छाले सोमबार एक कार्यक्रम बिच काठमाण्डौमा सम्मानित गर्नुभएको थियो ।

गुप्ता मोटर्सले २०७१ चैत १५ गते बजाज कम्पनीको डिलरसिप लिइ १० वर्षदेखि निरन्तर ग्राहकहरुलाई सेवा दिदै आएको भन्दै संचालक गुप्तालाई सम्मानित गरेका हुन् ।

गुप्ता मोटर्सले बजाज कम्पनीका पल्सर,एनएस,डिस्कभर र डोमिनार दुई पाङ्ग्रे मोटरसाइकल बिक्री गर्दै आएको छ ।

Leave a review

This will close in 0 seconds