राष्ट्रिय वाणिज्य बैंक कलैया शाखाका प्रबन्धक प्रवेश सिन्धुलीयको भयो भब्य बिदाई

संदिप प्रसाद यादव
1.3k पाठक संख्या

कलैया । राष्ट्रिय वाणिज्य बैंक कलैया शाखाका प्रबन्धक प्रवेश सिन्धुलीयको सम्मानसहित भब्य बिदाई भएको छ।

बाराको सदरमुकाम कलैयाको भरत चौकमा अवस्थित राष्ट्रिय वाणिज्य बैंक कलैया शाखाका प्रबन्धक सिन्धुलीयको बैंकको कर्मचारीहरुले शुक्रबार विदाई गरेका हुन्।

कलैया शाखामा सिन्धुलीय २०७८/०७/२२ गते शाखा प्रबन्धकको रुपमा हाजिर भएका थिए। उनको सरुवा भैसेपट्टी ललितपुर शाखामा भएको छ। उनको ठाउँमा श्रीपुर शाखाबाट ओमप्रकाश साह कानु आउने भएका छन्।

सो कार्यक्रममा क्यासिएर इसु मिया,वीरगञ्ज शाखाका प्रबन्धक रोम सिलवाल र करैयामाई गाउँपालिकाका नगर प्रमुख शम्भुप्रसाद यादव लगायतले शुभकामना दिएका थिए।

सो कार्यक्रमलाई सम्बोधन गर्दै शाखा प्रबन्धक सिन्धुलीयले कलैया शाखामा बिताएको समय आफ्नो जीवनको अविस्मरणीय र प्रेरणादायक क्षणहरु मध्ये एक रहेको बताए। कर्मचारीहरुको साथ,सहयोग र समर्पणले सधैं हौसला र उत्साह प्रदान गरेको उनले बताए।

उक्त बिदाई कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक प्रादेशिक कार्यालय वीरगंजका राहुलकुमार ओझा,धर्मेन्द्र चौधरी,आशिष् श्रेष्ठ, गञ्जभवानीपुरका शाखा प्रमुख खेम बहादुर कडायत,कोल्हवी शाखाका प्रमुख पवन कुशवाहा,मौलापुर शाखाका प्रमुख सुमन चौधरी,कलैया शाखाका कर्जा इन्चार्ज बिनय गुप्ता,बैंकका कर्मचारी,व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रमको संचालन सहायक शाखा प्रमुख राजेशप्रसाद चौधरीको थियोे।

Leave a review

This will close in 0 seconds