धीरेन्द्र पनुहर/
ईलाका प्रहरी कार्यालय कोल्हबी बाराले चोरी भएको मोटरसाइकिल स्थानीय पत्रकार र अगुवा व्यत्तिहरुको रोहावारमा सम्बंधित सवारी धनिलाई जिम्मा लगाएको छ ।
करैयामाई ७ पिपरा निवासी देवेन्द्र चौधरीको नाममा रहेको ना २२ प २८८६ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल पिपरा सरेहबाट शुक्रवार साझ चोरी भएको थियो ।
चौधरीले आफ्नो खेतमा बोरिंगबाट पानी हाल्न जादा मोटरसाकिल सड़क छेउमा राखि बोरिंग स्टार्ट गर्न जादा बोरिंगको पम्पिसेटमा समस्या आएकोले पम्पिसेट स्टार्ट हुन धेरै समय लागेको र पछि मोटरसाकिल राखेको ठाउमा आउदा मोटरसाइकल चोरी भएको थाहा पाएको थिए ।
मोटरसाइकल चोरी भएको थाहा पाउने बितिकै प्रहरी चौकी बारा बजारलाई जानकारी गराएको सवारी धनि चौधारीले बताउनुभयो ।
ईलाका प्रहरी कार्यालय कोल्हबीबाट सई लालबाबु यादवको कमाण्डमा गएको टोलीले कोल्हबी ४ सपही एरियाबाट बेवारिसे अवस्थामा सो मोटरसाइकल फेला पारी सम्बन्धीत सवारी धनिलाई शुक्रवार फिर्ता गरिएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल हस्तान्तरण गर्दै इलाका प्रहरी कार्यालय कोल्हबीमा भर्खरै सरुवा भएर आउनु भएका प्रहरी निरीक्षक किशन बस्नेतले यस कोल्हबी ईलाकामा चोरी,तस्करी,लूटपाटमा कमी ल्याउने र यहाका बासिन्दाहरुको लागि शान्ति सुरक्षा अमन चयन र सुशासन कायम राख्न आफु हरपल तैनाथ रहेको बताएका छन ।


