साझेदारीकर्मी यादव सहकारी पत्रकारिता पुरस्कारबाट पुरस्कृत

साझेदारी दैनिक
970 पाठक संख्या

सिमरा : साझेदारी राष्ट्रिय दैनिकका सहकर्मी एवम् जीतपुर सम्बाददाता रञ्जन यादव सहकारी पत्रकारीता पुरस्कारबाट सम्मानित भएका छन ।

सिमरा स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था,सिमराले यस वर्षको हातेमालो सहकारी पत्रकारिता पुरस्कार संचारकर्र्मी रञ्जन यादवलाई प्रदान गरेको छ ।

एक दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय यादवलाई संस्थाले नगद रु १० हजार सहित सम्मान पत्र प्रदान गरी सम्मानित गरेको हो। सिमरामा मंगलबार आयोजित संस्थाको स्थापना दिवसका अवसरमा पत्रकार यादवलाई अध्यक्ष यज्ञबहादुर आलेले यादवलाई पुरस्कार हस्तान्तरण गरेका हुन ।

हातेमालो सहकारी पत्रकारिता पुरस्कार संस्थाद्वारा स्थापना गरिएको पुरस्कार हो,जसले सामाजिक उत्तरदायित्व वहन गर्दै निष्पक्ष पत्रकारितामा योगदान दिने सञ्चारकर्मीलाई हरेक वर्ष सम्मान गर्दै आएको छ ।

Leave a review

This will close in 0 seconds