कलैया : पछिल्लो केही दिनदेखी नेपालको तराई–मधेशका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ ।
मधेस प्रदेशका जिल्ला सहित तराई–मधेश क्षेत्रका जिल्लाहरूमा हाल मध्याह्नमा ३८–४१ डिग्रीसम्म तापक्रम बढ्ने थालेको छ । अत्याधिक गर्मी बढेपछि बारा सहित तराईका जिल्लाहरुमा गर्मी बढेकाले जनजीवन झनै प्रभावित भइरहेको छ। दिउसोको समयमा मानिसहरु घरबाहिर निस्कन मुस्किल छ । बजार–मुख्य चोकहरु सुनसान,छ भने काम विशेषले कार्यालय जाने संख्याहरुको कमी आएको छ ।
यस्तै गर्मीले विद्यालयहरू प्रभावित भएका छन । गर्मीले लू,डिहाइड्रेसन,थकान आदि स्वास्थ्य समस्या पनि बढ्न थालेको कलैयाका एक स्थानीयले बताए । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन अझ गर्मी बढ्ने अनुमान गरेको छ । र सावधानी अपनाउन स्थानीयहरूलाई अनुरोध गरेको छ ।
सरकारका सुझाव पानी,जुस,सर्बत आदि पर्याप्त मात्रामा पिउने;हल्का लुगा,टोपी,छाता प्रयोग गर्ने;दिउँसो बाहिर निस्कन नहिँड्ने;बिरामी परे स्वास्थ्यकर्मी सम्पर्क गर्ने आदि सावधानी अपनाउन स्वास्थ्यकर्मीहरुको सल्लाह छ ।


