घण्टीमाई बचत तथा ऋण सहकारी संस्था औराहाको आयोजनामा बित्तिय शिक्षा तथा ब्यवसायिक ज्ञान तालिम सम्पन्न भएको छ ।
ग्रामिण उद्यम तथा बिप्रेषण आयोजना ( समृद्धि) ईटहरीको प्राबिधिक सहयोगमा भएको तालिममा १० जना समुहको सहभागिता रहेको घण्टीमाई साकोसको ब्यवस्थापक नबिन खड्काले जानकारी दिए ।
जीतपुरसिमरा उपमहानगरपालिकाको आमाडार,बकुलिया, औराहा,लगायतको बिभिन्न ठाउँमा गरिएको तालिममा संस्थाका शेयर सदस्य र गैह शेयर सदस्यहरुलाई तालिम प्रदान गरिएको घण्टीमाई साकोसले जनाएको छ ।
तालिममा बचत गर्ने बानीको बिकास,ऋणको सदुपयोग, पारिवारिक बजेट निर्धारण लगायतको बिषयमा प्रशिक्षण दिएको थियो ।
घण्टीमाई साकोसका अध्यक्ष कोपिला सिम्खडाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि समृद्धि आयोजनाको प्रमुख त्रिबिन्द्र यादब,संस्थाका सहसचिव तथा शिक्षा समिती संयोजक सुकदेव सिम्खडा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण अस्मिता शर्माले गरेकी थिईन ।

