निजगढमा युवक सापकोटाको करेन्ट लागेर मृत्यु

साझेदारी दैनिक
463 पाठक संख्या

निजगढ : उमेश घलान/ बाराको निजगढमा सिसि टिभीक्यामरा जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

यसरी करेन्ट लागेर मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बवर ८ रवी सापकोटा रहेका छन । उनलाई निजगढ ५ प्रतिक्षाटोलमा सिसिटिभी क्यामरा जडान गर्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाईते भएका सापकोटालाई वीरगंज स्थित नारायणी बयोधा अस्पतालमा उपचारका लागि लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

मृतक सापकोटा सिसिटिभी क्यामरा जडान गर्ने काममा गर्दै आएका थिए । शनिबार साँझसम्म पनि उनी अरू दिनझैं काममै व्यस्त थिए ।

इन्टरनेटको लाइन, तार, सिसिटिभी, यिनै प्रविधिमा रमाउँदै भविष्यको सपना बुन्दै थिए रवि सापकोटा । तर त्यो साँझ नियतिको त्यस्तो मोड आयो, जसले सधैंका लागि उनलाई बिदाइ गरायो।

Leave a review

This will close in 0 seconds