कोल्हवी, २९ असोज
बाराको कोल्हवीमा मुख्य केन्द्र राखेर जिल्लामा सहकारी क्षेत्रको अब्बल सहकारी बन्दै गईरहेको तामागढी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं बार्षिक साधारणसभा शनिवार वृहद कार्यक्रम गरेर सम्पन्न गरेको छ ।
कोल्हवी बजारमा अवस्थित तामागढी पार्टी प्यालेसमा आयोजित १४ औँ साधारणसभाको उद्घाटन सहकारी संस्थाका जेष्ठ सदस्य नरबहादुर भण्डारीले पानसमा दिपप्रज्वलन गरेर उद्घाटन गर्नुभएको छ ।
साधारणसभा उद्घाटन समारोहमा सहकारी संस्थाका संचालक समितिका अध्यक्ष राजहरण चौधरीले आर्थिक बर्ष २०७८÷७९ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक एकराज आचार्यले लेखा प्रतिवेदन र आर्थिक प्रतिवेदन कोषाध्यक्ष कालिका दवाडी भण्डारीले प्रस्तुत गर्नुभएको थियो ।
सहकारी संस्थाका सञ्चालक समिति अध्याक्ष चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा कोल्हवी नगरपालिकाका मेयर रामप्रसाद चौधरी, राजनीतिक व्यक्तित्व अच्युत मैनाली, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सतेन्द्र ठाकुर, नेफुस्कुनका वृजेश गुप्ता लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । सहकारीले साधारण सभाकै अवसरमा उत्कृष्ट बचत कर्ता,बाल खुत्रुके बचत, लखपति बचत, अनिवार्य बचत, नियमित बचत तथा उतकृष्ट ऋणिहरुलाई सम्मान गरेको छ । सहकारीले कोल्हवी क्षेत्रका सकृय पत्रकारहरु, सहकारी संस्थाका पुर्व संचालक समिति सदस्यहरुलाई समेत सम्मान तथा कदर पत्र वितरण गरेकोे मुख्य प्रबन्धक बासुदेव रिमालले जानकारी दिनुभएको छ ।
यसैविच सहकारीका अध्यक्ष राजहरण चौधरीले वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कोल्हवी वडा नम्बर १ मा वडाअध्यक्षा निर्वाचित भएपछि उहाले साधारण सभा समक्षा राजिनामा दिनुभएको थियो । साधारणसभाले सस्थाको अध्यक्षमा एकराज आचार्यलाचई चयन गरेको लेखा सुपरिवेक्षण समितिका सदस्य सरिता उप्रेतिले जानकारी दिनुभएको छ ।
जिल्लाका विभिन्न तीन वटा स्थानमा सेवाकेन्द्र स्थापना गरेर काम गर्दै आईरहेको छ । तामागढी सहकारीले १४औँ साधारणसभाबाट विभिन्न प्रस्तावहरु समेत पास गरेको छ ।
तामागढी साकोसको १४ औं बार्षिक साधारणसभा कोल्हवीमा सम्पन्न
Leave a review
Leave a review


