चेपाङ्ग समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

साझेदारी दैनिक
415 पाठक संख्या

निजगढ : बाराको निजगढमा रहेको हिमालयन बैंक लिमिटेडले चेपाङ्ग समुदायका विद्यार्थीहरूलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरेकोछ ।

बैंकले जिल्लाको निजगढ नगरपालिका–१३, डम्बरपुरस्थित श्री शिवशक्तेश्वर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई मंलगबार एक कार्यक्रमवीच पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको हो ।

सामाजिक उत्तरदायित्व बैंकले उक्त विद्यालयका नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत ३५ जना चेपाङ्ग विद्यार्थीहरूलाई शर्ट, पाइन्ट, जुत्ता, मोजा र स्कुल झोला (ब्याग) वितरण गरिएको जनाईएको छ ।

सो अवसरमा बोल्दै वडा अध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य घलानले बैंकको सहयोगले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई विद्यालयमा नियमित उपस्थित गराउन प्रेरणा दिने बताएका छन ।

उक्त कार्यक्रममा हिमालयन बैंकका मधेस प्रदेश प्रमुख सागर कुमार रेग्मी, निजगढ शाखा प्रमुख सोम कार्की तथा रविन बराल लगायत विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds