पूर्व प्रदेश प्रमुख अहिराज बलात्कार आरोपमा पक्राउ

साझेदारी दैनिक
317 पाठक संख्या

कलैया : मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश झा (अहिराज) पक्राउ परेका छन । उनलाई प्रहरीले बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।

प्रहरीले डा.झा (अहिराज) लाई काठमाडौँको बानेश्वरमा एक युवतीमाथि बलात्कार गरेको अभियोगमा पक्राउ गरेको जनाईएको छ । अहिराज बलात्कारको आरोपमा आइतबार पक्राउ परेको काठमाण्डौ जिल्ला प्रहरी परिसरंका एसएसपी विश्व अधिकारीले जानकारी गराएका छन ।

पक्राउ परका डा.अहिराजलाई आइतबार नै काठमाडौँ जिल्ला अदालतमा पेस गरेर पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a review