कलैया। बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारीको सरुवा भएको छ। गृह मन्त्रालयले उनलाई सिरहाको प्रमुख जिल्ला अधिकारीको रूपमा पठाएको हो।
अधिकारीको सरुवासँगै बारामा प्रकाश पौडेल आउने भएका छन्। हाल चितवनका प्रमुख जिल्ला अधिकारी रहेका पौडेल अब बारामा जिम्मेवारी सम्हाल्नेछन्।

त्यस्तै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पनि सरुवा भएको छ। अर्याललाई गृह मन्त्रालयमा पठाइएको र पर्सामा हाल पाल्पामा कार्यरत प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी आउने भएका छन् ।
गृह मन्त्रालयले बुधबार बारासहित २६ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो। मन्त्रालयले यसक्रममा १९ सहसचिव र २४ उपसचिवको सरुवा गरेको जनाएको छ।


