जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित मदरसा टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख उमेश निरौलाको कमाण्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिहीबार राति करिब ८ः२० बजे २६ वर्षीय इमाम देवानलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका युवकको साथबाट प्लास्टिकसहित तौल गर्दा ०.११० ग्राम ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थ फेला परेको छ।
बरामद पदार्थ लागूऔषध भए–नभएको यकिन गर्न परीक्षण तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



