वीरगञ्जमा ७ लाख ७६ हजार रुपैयाँ बराबरका औषधि बरामद

साझेदारी डेलि
130 पाठक संख्या

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका-२५ खल्वास्थित सीमावर्ती क्षेत्रको धान खेतबाट सशस्त्र प्रहरीले ७ लाख ७६ हजार ८ रुपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका औषधि बरामद गरेको छ।

शनिबार सशस्त्र प्रहरी बल, नेपाल बीओपी ड्राईपोर्टबाट खटिएको पैदल गस्ती टोलीले बेवारिसे अवस्थामा राखिएका औषधि फेला पारेको हो।

बरामद औषधि आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a review