निवर्तमान प्रधानाध्यापक गङ्गाराम चौधरीको भव्य बिदाइ

साझेदारी दैनिक
279 पाठक संख्या

कोल्हवी : बिनिता चौधरी / बाराको कोल्हवी नगरपालिका वडा नं. ११ रामपुर्वास्थित एक प्रधानाध्यापकको बुधबार विदाई गरिएको छ। यहाँ रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रामपुर्वाका निवर्तमान प्रधानाध्यापक गङ्गाराम चौधरीको एक कार्यक्रमको बीच बिदाइ गरिएको हो।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्दुप्रसाद चौधरीको अध्यक्षतामा सो कार्यक्रम भएको हो। कार्यक्रमको प्रमुख अतिथि कोल्हवी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरी रहेका हुन्। प्रमुख अतिथि चौधरीले यश बिधालयमा २८ बर्ष सम्म शिक्षण पेशामा आबद्ध भइ अनिवार्य अवकाश प्राप्त गरेकोमा बधाई दिए। उनले अगामी जीवन सुखमय बितोस भनी कामना समेत गरे।

बिद्यार्थीहरु लाई ठिक समयमा बिधालयमा पठाउन अभिभावकहरु लाई उनले आग्रह गरे। निवर्तमान प्रधानाध्यापक गङ्गारामले विद्यालयलाई भौतिक पूर्वाधार पुस्तकालय लगायत सुबिधाहरुको ब्यवस्थापन गर्नमा ठूलो भूमिका निर्वाह गरेको उनले बताए।

यस बिधालयको अध्यक्ष भएर निवर्तमान प्रधानाध्यापक,सम्मको काम गरेको अनुभव रहेको उनले बताए। सो कार्यक्रममा कोल्हवी नगर पालिकाकि उप प्रमुख लक्ष्मीकुमारी चौधरी , शिक्षा शिक्षा तथा खेलकुद शाखा प्रमुख प्रमुख मिश्रीलाल साहको विशेष उपस्थिति रहेको हो।

कार्यक्रममा शुभकामना मन्तव्य कोल्हवी नगरपालिकाकी उप प्रमुख लक्ष्मी कुमारी चौधरी , पुर्व शिक्षक देवकी राम , रघुबन्श चौधरी ,श्री अनुप दिपनी कोल्हवीका प्रधानाध्यापक रामप्रकाश चौधरी , श्री राम. जानकी बोधबनका आ बिधालयका प्रधानाध्यापक मानबहादुर खत्री, श्री मणि माध्यमिक बिधालय थस्कौलका प्रधानाध्यापक जगदिस पन्डित , श्री जनता माध्यमिक ककडी प्रसौनाका प्रधानाध्यापक चन्द्रदेव कुशवाहा , समाज सेवि नागेन्द्र चौधरी लगायतकाले व्यक्त गरे।

उक्त कार्यक्रममा कार्यपालिका सदस्य रनिया देवी चौधरी, वडा सदस्य जगरनाथ चौधरीको समेत उपस्थिति रहेको हो। कार्यक्रममा श्री अनुप दिपनी माध्यमिक बिधालय कोल्हवीका प्रधानाध्यापक रामप्रकाश चौधरी, श्री मणि माध्यमिक बिधालय थस्कौलका प्रधानाध्यापक जगदीश पन्डित, श्री जनता माध्यमिक ककडि प्रसौनाका प्रधानाध्यापक चन्द्रदेव कुशवाहा, श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय जुअवाका प्रधानाध्यापक नरेन्द्र कुमार चौधरी, श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय नयाबस्तीका प्रधानाध्यापक रघुनाथ चौधरी, श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय बेलवा धोधर्पाका प्रधानाध्यापक पारस चौधरी, श्री नेपाल राष्ट्रिय आधारभुत बोधबनका प्रधानाध्यापक मानबहादुर खत्रीको समेत सो कार्यक्रममा उपस्थिति रहेको हो। बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी , अभिभावक , शिक्षक , शिक्षिका , र बिद्यार्थीहरुको समेत सो कार्यक्रममा उपस्थिति रहेको थियो।

सन्जिव चौधरीको स्वागत रहेको उक्त कार्यक्रमको संचालन दिनेशकुमार साहले गरे।

Leave a review

This will close in 0 seconds