सिम्रौनगढ : बाराको सिम्रौनगढ नगरपालिका वडा नं.४ हरिहरपुरमा भारतीय कारबाट ४३ किलो गाँजा बारा प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ र अमृतगञ्ज खाजानी चौकीबाट गएको प्रहरीको टोलीले विशेष सूचनाको आधारमा गएकोखटिएको संयुक्त टोलीले लागूऔषध फेला पारेको हो ।
प्रहरीका अनुसार तेलकुवा हुँदै सिम्रौनगढतर्फ गइरहेको बिआर ०१ एयू ११०७ नम्बरको भारतीय कारमा पाँचवटा पोकामा गाँजा लुकाइछिपाई ल्याइँदै थियो ।
चेकजाँच गर्ने क्रममा गाँजा बरामद भए पनि चालक भने घटनास्थलबाट भाग्न सफल भएको प्रहरीले जनाएको छ । फरार चालकको पहिचान गरी खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
बरामद गाँजा र कारलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिएका छन ।

