गौर घटनाको सुक्ष्म रुपमा अनुसन्धान गर्नुपर्ने जसपाको माग

राजेश कुशवाहा
238 पाठक संख्या

कलैया । जनता समाजबादी पार्टी मधेश प्रदेशका उपाध्यक्ष शुशिल यादवले गौर घटनाको सुक्ष्म रुपमा अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।

जसपा बाराले कलैयास्थित पार्टी कार्यालयमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष यादवले यस्तो माग गरेकाहुन्। उनले गौर घटना भएको १९ वर्ष पछि सरकारले मुद्धा अगाडी बढाउनु रहस्यपूर्ण रहेको बताए।

उक्त मुद्दामा जसपा पार्टी अत्यन्त गम्भीर रहेको उनले बताए। उक्त घटनामा पार्टीको संलग्नता नरहेको उनले बताए। उक्त मुद्धा सरकारको षडयन्त्रमा सुनियोजित रुपमा अगाडी बढाईयो भने कडा आन्दोलनमा उत्रिने चेतावनी दिए।

उनले गौर घटनाको सबै प्रतिबेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।सरकारले छानबिन समितिले तयार गरेको प्रतिबेदन लुकाएर राखेको उनले आरोप लगाए। उक्त घटनाको निष्पक्ष रुपमा छानबिन भयो भने आफनो पार्टीले समेत सहयोग गर्ने उनको भनाई रहेको थियो ।

काग्रेस – एमालेको गठबन्धन सरकारले देशमा ठुलो संकट उत्पन्न गराएको छ उनले भने।कांग्रेस – एमालेको गठबन्धन सरकारलाई जसपाले बाहिरबाट समर्थन गरेको उनले जनाए। सरकारले ल्याउन लागेको भूमि अध्यादेशमा आफनो पार्टीले समर्थन नगर्ने उनले जनाए।

पार्टीको समर्थन बिना भूमि अध्यादेश पारित नहुने उनले बताए। उक्त अध्यादेश जनहितमा नरहेको उनको भनाई रहेको थियो। वन जंगल फडानी, मधेशलाई मरुभूमिकरण बनाउनका लागि तथा पूँजीपतिहरुलाई हेक्टरका हेक्टर जग्गा बाँडन सरकारले यो अध्यादेश ल्याउन लागेको उनले दाबी गर ।

पार्टीले गौर घटनाको बिषयमा समाजका अगुवाहरु संग अन्र्तक्रिया गर्ने, पर्चा पम्प प्लेट बितरण गर्ने लगायतका कार्यक्रम सञ्चालन गर्ने समेत जानकारी दिए।

उक्त पत्रकार सम्मेलनमा बोल्दै जसपा बाराका अध्यक्ष रमेश यादवले सरकारले पूर्वाग्रही ढंगले गौर घटनाको अनुसन्धान गराई्रएको आरोप लगाए। उनले आफ्नो पार्टी बिधान र कानुन अनुसार चल्ने पार्टी रहेको बताए।

पार्टीको रणनीति अनुसार आन्दोलनका कार्यक्रम अगाडी बढाईने अध्यक्ष यादवले जानकारी दिए। पत्रकार सम्मेलनमा सञ्चालन जसपाका शम्भु गुप्ताको रहेको थियो।

Leave a review

This will close in 0 seconds