कोल्हवी नगरपालिकामा आज शोक बिदा

साझेदारी दैनिक
279 पाठक संख्या

कलैया । बाराको कोल्हवी नगरपालिकाले आज शोक बिदा दिएको छ।

विद्यालयका एकजना शिक्षकको निधन भएपछि नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै शोक बिदा दिएको हो।

नगरपालिकाको वडा नं ११ निवासी तथा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय कोल्हवी ७ बेलवा धोधरपाका प्रधानाध्यापक रामाकान्त चौधरीको शुक्रबारको दिन मृगौला सम्बन्धी समस्याका कारण उपचारको क्रममा निधन भएको थियो।

निधनमा नगरपालिकाले दु:खद् एवम् अकल्पनीय निधन भएको भन्दै संवेदना प्रकट गर्दै आज आईतबार कोल्हवी नगरपालिका मातहतका सबै विद्यालयहरूमा शोक बिदा दिइएको नगर प्रमुख राम प्रसाद चौधरीले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds