कलैया । बाराको प्रसौनीस्थित दुधौरा खोलामा टिकटक बनाउने क्रममा आइतबार बेपत्ता भएका युवकको आज पनि खोजीकार्य भैरहेको छ ।
टिकटक बनाउने क्रममा दुधौरा खोलाको पुलबाट खोलामा हाम फालेका स्थानीय २१ वर्षीय बिक्की गोसाई आइतबार बिहान बेपत्ता भएका थिए । सुरक्षाकर्मीले हिजो दिनभरी खोजतलास गर्दा समेत उक्त युवक फेला परेका थिएनन् ।
आज (सोमबार) बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी, र नेपाली सेनाको संयुक्त टोली परिचालन भएको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।
उनको खोजी कार्यका लागि नेपाल प्रहरीको १० जना, सशस्त्र प्रहरीको १० जना र नेपाली सेनाको २३ जना गरी ४३ जना सुरक्षाकर्मी खटिएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।


