क्लैया : सशस्त्र प्रहरीले बाराको विभिन्न स्थानबाट भन्सार छलि नेपाल भित्राइएको ६ लाख १० हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ९ झरोखर सीमा ईलाकामा बि.ओ.पि.गोलागंजबाट सशस्त्र प्रहरी निरीक्षक रबिन ढुँङ्गेलको कमाण्डमा खटिएको गस्ती टोलिले अवैध सामान बरामद गरेको छ।
भारतबाट अबैध रुपमा भन्सार छली २ जना ब्यक्ति २ वटा मोटरसाइकलको प्रयोग गरि नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी मुल्य रु.३६ हजार ७ सय ३० रुपैयाँ बराबरको किराना सामान र २ वटा मोटरसाइकलको अन्दाजी मुल्य ३ लाख ५० हजार गरि जम्मा रु.३ लाख ८६ हजार ७ सय ३० बराबरको सामान बरामद गरेको छ। मोटरसाइकल र किराना सामान सोही स्थानमा छाडी ब्यक्तिहरु फरार भएका छन्।
त्यस्तै कलैया उपमहानगरपालिका – १० मटिअर्वा सिमा ईलाकामा ३ जना ब्यक्तिहरुले टाउकोमा राखी भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा गुल्म मटेर्वाबाट खटिएको गस्ती टोलीले अन्दाजी मुल्य रु. ९७ हजार बराबरको छोकडा, कपडा र कस्मेटिक सामानहरु बरामद गरेको छ। सो सामानलाई आवश्यक कारवाहीको लागि गुल्म मटिअर्वामा ल्याई राखेको सशस्त्र प्रहरीले जनाएको छ।
बिश्रामपुर गाउँपालिका – १ करैया खोलामा एफओबि छतवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक शिवहरी खत्रीको कमाण्डमा खटीएको ०४ जनाको गस्ती टोलिले भारतबाट अबैध रुपमा टाउकोमा बोकि नेपालतर्फ ल्याउदै गरेको अन्दाजी ५१ हजार मूल्य बराबरको सुति साडी सोही स्थानमा छाडी ब्यक्तिहरु फरार भएको हुदा उक्त कपडा बरामद गरि आवश्यक कारबाहीको लागि बिओपि बरैनियमा ल्याई राखिएको छ।
त्यसैगरी जितपुरसिमरा उपमहानगरपालिका -७ लल्कापुल स्थित बिरगंज–पथलैया सडक खण्डमा सुरक्षा बेश जितपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक बिक्रम पौडेलको कमाण्डमा खटिएको मोबाईल टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रूपमा भन्सार छलि बिरगंज बाट नारायणघाट तर्फ जादै गरेको यात्रुवाहक बसको डिकि भित्र राखि लैजादै गरेको अन्दाजि मुल्य रु ७५ हजार रुपैयाँ बराबरको कपडा बरामद गरि आवश्यक कार्वाहिको लागि सुरक्षा बेश जितपुरमा ल्याई राखिएको सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिएका छन्। उनका अनुसार बरामद सबै सामान आवश्यक प्रकृया पुर्याई वीरगञ्ज भन्सार कार्यालय बुझाईने छ ।

