कलैया : तिथि अनुसार साउन महिनाको पहिलो सोमबार बाराको शिवालयहरुमा बिहानैदेखी दर्शनार्थीहरुको घुईचो लागेको छ।
पर्वको अवसरमा बाराको सदरमुकाम कलैयास्थित सिद्धेश्वर महादेव मन्दिर, बाराको कोल्हवी ८ र जीतपुरसिमरा १७को विचमा पर्ने चारकोषे झाडीमा रहेको सहजनाथ महादेव मन्दिर ,बाराको बरियारपुर स्थित गढीमाई मन्दिर परिषरमा रहेको महादेव मन्दिर ,बाराको सिम्रौनगढ स्थित कंकाली मन्दिर परिषरमा रहेको महादेव मन्दिरमा विहानदेखी नै दर्शशनार्थीहरुको भिड लगोको थियो ।
यसैगरी बाराको ब्रहम्पुरी स्थित महादेव मन्दिर ,बाराको बन्जरिया ,बेल्हिया ,प्रस्टोका ,मोतीसर ,फेटा , भगवानपुर ,पटेर्वा ,गंजभवानीपुर लगायका स्थानमा रहेको महादेव मन्दिरमा दर्शनार्थीहरुको घुईचो लागेको हो।
दर्शनार्थीहरुको भिडले कोल्हवी ८ र जीतपुरसिमरा १७ को विचमा पर्ने चारकोषे झाडीमा रहेको सहजनाथ महादेव मन्दिरमा एक महिने मेला लाग्ने गरेको छ ।

