कलैया : समाज सेवा सुधार युवा नेपालको आयोजनामा बाराको कलैयास्थित जानकी हलमा बुधबार छठ रमाइलो उत्सव कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ। “ आएन इभेन्ट फर अ चारिटेबल क्वज “ भन्ने नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।
समाज सेवा सुधार युवा नेपालका अध्यक्ष साहेब बाबू मंसुरको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि अमृता अनाथ आश्रय कलैयाकी अध्यक्ष फुलमती बस्नेतले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन्। सो कार्यक्रममा छठ पर्वको नृत्य,संगीत,डान्डिया डान्स लगायत सामुहिक नृत्य भएको थियो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् अमृता अनाथ आश्रय कलैयाकि अध्यक्ष फुलमती बस्नेतले उक्त संस्थाको सहयोग पाउँदा बालबालिकाहरु धेरै नै उत्साहित रहेको बताएकी छिन्। मलाई थाहा नै नदिई यति सहयोग गर्नु भएकोमा उनले धन्यवाद व्यक्त गरेकी छिन् ।
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडका संचालक अन्कुश ब्याहुतले उक्त कार्यक्रमको सम्पूर्ण आम्दानी कलैयास्थित अमृता अनाथ आश्रमलाई सहयोग गर्ने उद्देश्य रहेको बताएका छन्। आउने दिनमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्ने उनले प्रतिबद्धता गरेका छन् ।
उक्त कार्यक्रममा नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, सिद्धेश्वर माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मणिन्द्रनाथ शर्मा,ए प्लस हस्पिटलका संचालक प्रेमलाल पाण्डे,डाक्टर विकेश पाण्डे,भर्चुअल नेटवर्क प्रा.लि कलैया शाखाका प्रबन्धक राजेश पण्डित,समाजसेवी,स्थानीय,सञ्चारकर्मीहरु लगायतको सहभागिता रहेको थियो।
सो कार्यक्रममा जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि. का सञ्चालक अन्कुश ब्याहुतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सूर्य शुभचिन्तकले गर्नुभएको थियो। सो कार्यक्रमको व्यवस्थापन जीनियस इन्टरटेन्मेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्राइभेट लिमिटेडले गरेको आयोजकले जनाएको छ।

