अधुरो सडक निर्माणको लागि हस्ताक्षर अभियान छठघाटमा

साझेदारी दैनिक
333 पाठक संख्या

कलैया । बाराको सदरमुकाम कलैयाको अधुरो सडक निर्माण गर्न यूवाहरुले हस्ताक्षर अभियानलाई छठघाटमा पनि जारी राखेका छन्। दबाब स्वरुप युवाहरूले सुरु गरेको हस्ताक्षर अभियान सोमबार छठ पर्वकै अवसरमा रामजानकी मन्दिरस्थित छठघाटमा समेत जारी राखेका हुन्।

कलैयाको मुख्य बजार क्षेत्र अन्तर्गत पर्ने साढे तीन किलोमिटर सडक अधुरो रहेको छ। एक दशक देखि अधुरो रहँदै आएको भन्दै स्थानीय युवाहरूले हस्ताक्षर संकलनमार्फत सम्बन्धित निकायमा दबाब सृजना गर्ने अभियान सुरु गरेका हुन्।

युवाहरूले छठघाटमा भक्तजनहरूसमक्ष हस्ताक्षर अभियान सञ्चालन गर्दै जनचेतना फैलाउने प्रयास गरेका हुन्। अभियानलाई शान्तिपूर्ण रूपमा अगाडि बढाउने र सरकारले ध्यान नदिए थप कदम अगाडी बढाउने यूवाहरुको कथन छ। केहि दिन देखि युवाहरुले सडक देखि पसल–पसलमा गएर हस्ताक्षर संकलन गरेका हुन् ।

Leave a review