कलैया :बाराको एक बिद्यालयको परिसर क्षेत्रलाई फोहोर फाल्ने डम्पीङ्गको रुपमा प्रयोग गरिदै आएको छ ।
जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ३ संतगञ्जमा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय परिसर यतिखेर फोहोर फयाक्ने थलोको रुपमा परिणत भएको हो। उक्त बिद्यालयको वरिपरि पर्खाल नभएका कारण बिद्यालय परिसरमा नै फोहोर फयाक्ने गरिएको स्थानीयबासीले बताएका छन ।
संतगञ्ज चोकमा रहेको पसलबाट निस्केको फोहोर समेत बिद्यालयको चौरमा नै फोहोर थुप्राने गरेको प्रत्यक्षदर्शी बताउछन ।उक्त चोकमा एक दर्जन भन्दाबढी पसल सञ्चालित छन । बिद्यालय परिसरमा खाली रक्सीको बोतल समेत फयाक्ने गरिएको भेटिएको छ । उक्त बिद्यालयमा पर्खाल लगाउन बिद्यार्थीहरुले माग गरेका छन ।
बिद्यालय परिसरमा फोहर हुदा दुर्गभन्धले बिद्यार्थीहरुलाइ पठनपाठनमा समेत असर गरिरहेको एक स्थानीयले बताए । यस सन्दर्भमा सम्बन्धी सरोकारवालाहरुको ध्यान जान जरुरी छ।

