धनुषामा लागूऔषध खैरो हिरोईनसहित दुई जना पक्राउ

साझेदारी दैनिक
312 पाठक संख्या

धनुषा । धनुषा प्रहरीले पुर्व पश्चिम लोकमार्ग सडक खण्डबाट साढे तीन किलो ग्राम लागु औषध खैरो हेरोइन सहित दुई जना मानिसलाई पक्राउ गरेको छ।

प्रहरी टोलीले जिल्ला धनुषा गणेशमान चारनाथ नगरपालिका वडा नं.७ पोर्ताहा चौक स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डमा चेक प्वाईन्ट खडा गरी पाएको पूर्व सूचना अनुसार जाँच गरेको हो।

जाँचको क्रममा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०२.१.२०८७ नम्वरको मोटरसाईकल रोकी सडकको छेउमा साईड गर्न लगाई मोटरसाईकलमा सवार मानिसहरुलाई सोधपुछ गर्न खोजेको हो।

मोटरसाईकल पछाडी सवार रहेका जिल्ला सिराहा मिचैया नगरपालिका वडा नं ७ बस्ने २४ वर्षीय निराजन मोटरसाईकलबाट हाम फाली भाग्न खोजेका थिए। उनले साथमा बोकेको खैरो हिरोईन कालो प्लाष्टिकको पोका नजिकैको झाडीमा फालेका थिए। ति पोकाहरू संकलन गरी तौल गर्दा लागु औषध खैरो हिरोईनको ३७०९ ग्राम बरामद भएको छ।

पक्राउ परेका निराजन यादव र उक्त बा.प्र.०३०००२ प २०८७ नम्बरको मोटरसाईकल चालक सप्तरीको राजबिराज नगरपालिका वडा नं. ९ बस्ने ३९ वर्षीय रोहनकुमार सिंहलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकार यादवले जानकारी दिएका छन्।

धनुषा जिल्ला अदालतबाट उनीहरुलाई अनुसन्धानका लागि आठ दिनको म्याद थप गराइएको प्रहरी निरीक्षक यादवले जनाए।

Leave a review