पर्सा : अशोक राई नेतृत्वको जनता समाजवादी पाटी(जसपा)ले पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारीस गरेको छ । फागुन २१ गते हुने भनिएको प्रतनिधिसिभा सदस्य निर्वाचनका लागि पर्साका चारवटै निर्वाचन क्षेत्रबाट जसपाले उम्मेदवारको नाम सिफारीस गरेको हो ।
पार्टीको विहीबार वीरगन्जमा सम्पन्न जिल्ला कार्यसमितिको बैठकले उम्मेदवारहरुको नाम सिफारीस गर्ने निणर्य गरेको छ । जसपाले पर्साको क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा पूर्वमन्त्री तथा निविर्तमान सांसद प्रदीप यादवको एकल नाम सफिारसि गरेको छ । यादव, पर्सा क्षेत्र नम्बर १ बाट २०७४ र २०७९ मा गरी लगातार संघीय सांसद निर्वाचित भईसकेको छन । यस्तै जसपाले पर्सा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा प्रेमबाबु पटेलको एकल नाम सफिारसि गरेको छ ।
पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा जनार्दन प्रसाद यादवको एकल नाम सफिारसि गरएिको छ । क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फको उम्मेदवारमा तबरेज अहमदको एकल नाम सफिारसि गरेको जसपा पर्साले जनाएको छ ।
यसैगरी वैठकले समानुपातिकतर्फ उम्मेदवारमा क्षेत्र नम्बर १ बाट नेक महमद अन्सारी,उमेशलाल सहनी, ,नूर आलम अन्सारी,पवन पञ्जयिार,कुमु मानन्धर र रुबैदा खातुनको नाम सफिारसि गरएिको छ । क्षेत्र नम्बर २ मा समानुपातकितर्फको उम्मेदवारमा जसपाले नागेन्द्र यादव,हरेन्द्र चौरसिया र बैजन्ती मालाको नाम सफिारसि गरएिको छ । क्षेत्र नम्बर ३ बा बाट समानुपातिकतर्फ सलमा खातुनको नाम एकल सिफारीस गरीएको छ ।
जसपाले पर्सा क्षेत्र नम्बर ४ मा समानुपातिकतफ रम्भा यादवको नाम एकल नासफिारसि गरएिको जसपाका वीरगन्ज महानगर समिति अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिएका छन । जसपा पर्साका अध्यक्ष सिंहासन साह कलवारको अध्यक्षता तथा पूर्वमन्त्री प्रदीप यादवको प्रमुख आतथ्यितामा सम्पन्न उक्त वैठकमा वीरगन्ज महानगरका मेयर राजेशमान सिंह समेतको सहभागिता रहेको थियो ।

